राज्यमा फेरि कठोर प्रतिबन्ध लागू, भोलि 3 जनवरीदेखि सबै शिक्षा संस्थानहरू बन्द

राज्यमा ओमिक्रोन तथा कोरोना संक्रमणको संख्या बढेकोले गर्दा पश्चिम बङ्गाल सरकारले भोलि 3 जनवरीदेखि राज्यमा आंशिक लकडाउनको घोषणा गरेको छ।


भोलि 3 जनवरीदेखि सबै शिक्षा प्रतिष्ठानहरू बन्द रहनेछ।

स्विमिङ पुल, स्पा, ब्युटीपार्लर तथा सेलुनहरू भोलिदेखि बन्द रहने छ।


चिडियाखाना, सबै पर्यटक स्थलहरू बन्द।

सपिङ मलमा 50 प्रतिशत मानिसहरूलाई प्रवेश गर्ने अनुमति रहेको छ भने बिहान 10 बजीदेखि साँझ 5 बजीसम्म सपिङ मलहरू खुल्ला रहनेछ।

सरकारी तथा गैर सरकारी सबै कार्यालयहरू 50 प्रतिशत कर्मचारीहरूको उपस्थितिमा खुल्ला रहने।

50 प्रतिशत ग्राहकहरूको साथमा रेस्टुरेन्टहरू खुल्ला रहने।

50 प्रतिशत दर्शकहरूको साथमा सिनेमा हलहरू खुल्ला रहने।

50 प्रतिशत यात्रुहरूलाई लिएर ट्रेनहरूको चलाचल हुनेछ भने साँझ 7 बजीदेखि सबै लोक ट्रेनहरू बन्द रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *