कुचबिहार : विवाह भएको 8 वर्ष पुगेको उपलक्ष्यमा भूतपूर्व सांसद तथा कुचबिहार जिल्ला तृणमूल कांग्रेसका कार्यकारी अध्यक्ष पार्थ प्रतिम रायले यहाँको रानी बगान इलाकामा रक्तदान शिविरको आयोजना गरे। उक्त रक्तदान शिविरमा मोठ 50 जनाले रक्तदान गरे। यस अवधि जिल्ला पुलिस अधीक्षक सन्तोष निम्बालकर लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।