रक्तदान शिविर तथा कम्बल वितरण

सिलगढ़ी: एनआरएल वर्कर्स यूनियनको तर्फबाट आज राङ्गापानीमा रक्तदान शिविरको आयोजना गरियो। प्राप्त जानकारी अनुसार यस शिविरमा रक्तदान वाहेक चारजना आवश्यकमन्द व्यक्तिलाई व्हीलचेयर पनि प्रदान गरियो। यस अवसरमा युनियनको तर्फबाट धेरै जना गरिब मानिसहरूलाई कम्बल वितरण गरियो। आजको शिविरमा मोठ 46 युनिट रगत सङ्ग्रहित गरेपछि उक्त रगत उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *