रामकृष्ण मिशनको तर्फबाट निःशुल्क स्वास्थ्य जाँच शिविर

सिलगढ़ी: सिलगढ़ीको सेभोक रोडस्थित रामकृष्ण मिशनको तर्फबाट निःशुल्क स्वास्थ्य जाँच शिविर तथा स्वास्थ्य जागरूकता शिविरको आयोजना गरियो। श्री श्री रामकृष्ण परमहन्स देवको 185 औं जयन्तीको उपलक्ष्यमा उक्त शिविरको आयोजना गरिएको बताइएको छ। स्वास्थ्य जाँच शिविर अवधि विशिष्ठ चिकित्सकहरू उपस्थित थिए। शिविरमा धेरैजना मानिसहरूले आ-आफ्नो स्वास्थ्यको जाँच गराए। यसको साथै यस अवसरमा रामकृष्ण मिशनको तर्फबाट विभिन्न कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *