रङ्गालीबाजना विरल प्रजातिको वन्य प्राणी उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मदारीहाट ब्लक अन्तर्गत राङ्गालीबाजनाको डागापाड़ाबाट एउटा विरल प्रजातिको वन्य प्राणी उद्धार गरिएको छ। सूत्रले दिएको जानकारीअनुसार सोमबार राति लगभग 9 बजीको समय स्थानीय मानिसहरूले यस विरल प्रजातिको वन्य प्राणी देखे अनि यसबारे वन विभागलाई जानकारी गराए। घटनाको खबर पाएर जलदापाड़ाको वनकर्मीहरू घटनास्थलमा पुगेपछि उक्त वन्य प्राणीलाई पक्रिए। वन विभागले लगाएको प्राथमिक अनुमानअनुसार यो विरल प्राणी फिसिङ क्याट प्रजातिको हो। तथापि, यसको छानबीन गरेपछि मात्र यो विरल प्रजाति के हो भन्ने कुरो थाहा लाग्ने बताइएको छ। उक्त पक्रा परेको वन्य प्राणीलाई जलदापाड़ामा लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *