सिलगढी : प्रशासनको निर्देश अनुसार सिलगढी सहरको विभिन्न ठाउँहरूमा रेपिड एन्टीजेन टेस्ट शुरू गरिएको छ। सिलगढीको रेगुलेटेड मार्केटमा रेपिड एन्टीजेन टेस्ट गराउनको लागि आज द्वितीय दिन स्वास्थ्य कर्मीहरू गए तापनि टेस्ट गराउन कोही नआएको बताइएको छ। आज बिहान 11 बजीदेखि उक्त टेस्ट गरिने भएको थियो। स्वास्थ्य कर्मी लगायत डाक्टरहरूले घण्टौँसम्म प्रतीक्षा गरे तापनि टेस्ट गर्नको लागि कुनै व्यक्ति नआएपछि अन्तमा तिनीहरू फर्किए। स्वास्थ्य विभागको तर्फबाट सिलगढी सहरको विभिन्न ठाउँहरूमा रेपिड एन्टीजेन टेस्ट गरिरहेको छ। गत 5 दिनमा 262 जना मानिसहरूले कोरोना टेस्ट गरे भने तीमध्ये 5 जनाको रिपोर्ट पोजेटिभ आएको थियो। यस विषयमा फिस मर्चेन्ट एसोसिएशनका सचिव बापी चौधरीले बताएअनुसार रेपिड टेस्ट गरिनेबारे आफूहरूको तर्फबाट सबै व्यापारीहरूलाई जानकारी गराइएको थियो। सचेतनाको अभावको कारण साथै मानिसहरूमा कोरोना भाइरसको संक्रमणलाई लिएर डर रहेको गर्दा नै तिनीहरू सम्भवतः टेस्ट गर्न नआएको हुनसक्ने तिनले बताए। मेडिकल टेक्नोलोजिस्ट पार्थ प्रतीम रायले असन्तुष्ट व्यक्त गर्दै यस सम्बन्धमा मानिसहरूलाई सटीक जानकारी नगराएको हुनसक्ने बताए। यसैले आगामी दिनमा मानिसहरूलाई सचेतन गराउने विभिन्न पहल गरिने तिनले बताए।
रेपिड एन्टीजेन टेस्ट गराउन कोही आएनन् सिलगढी रेगुलेटेड मार्केटमा

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
