अलीपुरद्वार, 28 नोभेम्बर (निसं): डुवर्सको कतिपय ठाउँहरूमा जंगलबाट निस्केर हात्ती हाइवेमा समेत घुम्न आउँछन्, जसको कारण हाइवेमा गाडीहरू घण्टौसम्म रोकिएको देखिन्छ। यसैक्रममा आज अलीपुरद्वार जिल्लाको गरमबस्ती क्षेत्र अन्तर्गत 31 राष्ट्रिय राजमार्गमा नै एउटा हात्ती आइपुगेपछि राष्ट्रिय राजमार्गमा गाडीहरूको चलाचल लगभग एक घण्टासम्म ठप्प बन्यो। यसले गर्दा सडकका दुवै तर्फ ट्रक लगायत अन्य गाडीहरूको लामो लाइन देखियो। यस अवधि वाहनबाट ओर्लिएर धेरैजना मानिसहरूले आ-आफ्नो मोबाइलमा हात्तीको नक्सा तथा भिडियो कैद गरे। जानकारी अनुसार बिहीबार बिहान लगभग 10.30 बजे बक्सा परियोजनाको जंगलबाट अचानक एउटा हात्ती राष्ट्रिय राजमार्गमा देखा परेपछि सबै गाडीहरू लगभग एक घण्टासम्म रोक्नु पऱ्यो।
Alipurduar, North Bengal, Uncategorized
राष्ट्रीय राजमार्गमा देखा पऱ्यो हात्ती, एक घण्टासम्म सडकमा गाडीहरूको चलाचल ठप्प
28
Nov
Nov