सिलगढी, 27अगस्त (निसं): कलकत्ता आरजी कर घटनाको प्रभाव यता सिलगढी नगर निगमको बोर्ड मिटिङमा समेत देखियो। आज “वी वान्ट जस्टिस” को नारा लगाउँदै भाजपा पार्षदहरूले सिलगढी नगर निगमको बोर्ड मिटिङ बहिष्कार गरेर बाहिर निस्किए।
प्राप्त जानकारी अनुसार, आज बोर्ड मिटिङ अवधि 4 नम्बर वार्डका भाजपा पार्षद विवेक सिंहले आरजी कर घटनालाई लिएर निन्दा प्रस्ताव राखे। तर उक्त प्रस्तावलाई चेयरम्यानले खारेज गरिदिए। भाजपा पार्षदद्वारा ल्याएको उक्त निन्दा प्रस्तावबारे मिटिङमा व्यापक बहस शुरू भयो। यसपछि नै भाजपा पार्षदहरूले “वी वान्ट जस्टिस”-को नारा लगाउँदै बोर्ड मिटिङ बहिष्कार गरेर बाहिर निस्किए।