सिलगढी, 26 अक्टोबर (निसं): आरजी कर मुद्दामा दोषीहरूलाई कठोरभन्दा कठोर सजाय दिनुपर्ने साथै सीबीआई-द्वारा चाँडो जाँच गरिनु पर्ने मांग गर्दै आज द नाइट इज आवर्स संगठनका सदस्यहरू सडकमा ओर्लियो। आरजी कर मुद्दा लामो समय बितिसक्दा पनि अभयालाई उचित न्याय प्राप्त भएको छैन। यसैले, त्वरित न्यायको माग गर्दै द नाइट इज आवर्स संगठनसहित विभिन्न संगठनहरूले सिलगढीको बाघाजतिन पार्कबाट आज एउटा र्यासली निकाल्यो।
यो र्यादली शहरका विभिन्न मार्गहरूमा घुम्दै महात्मा गान्धी मोडमा पुगेर समाप्त भयो। र्यारलीमा धेरै मानिसहरूले सहभागिता जनाएका थिए। यस अवधि संस्थाका सदस्य कोयल राय, डा. संगीता जेना तथा अन्य व्यक्तिहरू प्रमुख रूपमा उपस्थित थिए।
संस्थाका कोयल रायले भनिन्, “यदि कानूनी प्रणालीमा विश्वास गरेर न्याय पाउन यति लामो समय लाग्छ भने कतिपय मानिसहरूले धैर्य गुमाउँछन्। निष्पक्ष न्यायको मांग गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछ।”