रोमाञ्चक सडन डेथमा आक्रमण एफसी सिक्किम विजयी

सिलगढी : अति नै रोमाञ्चक खेलको सडन डेथमा आक्रमण एफसी सिक्किमले रोयल एफसी सिलगढ़ीलाई 6-5 गोलले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ। मधुर मिलन संघ,मिलनमोड़ सिलगढीको कुशल आयोजनामा सम्पन्न भइरहेको सातौं फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत आज बुधवार चौथे क्वार्टर फाइनल म्याच रोयल एफसी सिलगढ़ी बनाम आक्रमण एफसी सिक्किममाझ सम्पन्न भयो।


निर्धारित समयसम्म दुवै टोलीले 3-3 गोल गरेर बराबरी भएपछि ट्राइब्रेकर गराइयो, जसमा पनि दुवै टोलीले फेरि बराबर 3-3 गोल गरेपछि अन्तमा खेलाइएको सडन डेथमार्फत 6-5 गोलले आक्रमण एफसी सिक्किम विजयी बन्यो भने रोयल एफसी सिलगढ़ी प्रतियोगिताबाट बाहिरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *