रोमाञ्चक सडन डेथमा युनाइटेड फुटबल क्लब दार्जिलिङ विजयी

सिलगढी : अति नै रोमाञ्चक सडन डेथमा युनाइटेड फुटबल क्लब दार्जिलिङले 107 टीए-लाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ। मधुर मिलन संघ, मिलनमोड़ सिलगढीको कुशल आयोजनामा सम्पन्न भइरहेको सातौं फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत आज सोमवार युनाइटेड फुटबल क्लब दार्जिलिङ बनाम 107 टीए-मा खेलिएको म्याच शुरूदेखि अन्तसम्म नै खुबै रोमाञ्चक रह्यो। खेलको निर्धारित समयसम्म पनि दुवै टोलीका खेलाड़ीहरूले गोल गर्न नसके पछि अन्तमा खेलाइएको टाईब्रेकरमा पनि दुवै टोलीका खेलाड़ीहरूले बराबर 3-3 गोल छिऱ्याए पछि म्याच बराबरीमा पुग्यो।


यसपछि खेलको अन्तिम निर्णय निकाल्नको लागि खेलाइएको सडन डेथ-मा अभाग्यवश 107 टीए टोलीले 7-6 गोलको अन्तरमा पराजयको मुख हेर्न पऱ्यो भने विजयी युनाइटेड फुटबल क्लब दार्जिलिङ अन्तिम चारमा प्रवेश गर्न सफल बन्यो। आजको खेलमा खुबै राम्रो खेल प्रदर्शन गरेर आफ्नो टोलीलाई विजयी बनाउने युनाइटेड फुटबल क्लब दार्जिलिङका गोल किप्पर अल्बर्ट तिर्कीलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *