आरपीएफ-द्वारा सिलगढीको टिकियापाड़ामा भत्काइयो निर्माणाधीन घर

सिलगढी : सिलगढीको टिकियापाड़ामा निर्माणाधीन एउटा घर आरपीएफले भत्काइदिएको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 28 नम्बर वार्ड अन्तर्गत पर्ने टिकियापाड़ामा रेलवेको जमिनमा स्थानीय निवासी हरिल सहानीले गत 30 वर्षभन्दा अघिदेखि होटल व्यवसाय चलाइरहेका थिए। दिसम्बर महिनामा हरिल सहानीले उक्त होटल भत्काएर त्यहाँ घर निर्माणको कार्य शुरू गरेका थिए। आज बिहान हरिल र तिनका स्वास्नी कामको सिलसिलामा बाहिर गएका थिए। त्यहीँ समय आरपीएफ कार्यकर्ताहरूले तिनको घर भत्काइदिएको आरोप रहेको छ। हरिल सहानीले बताएअनुसार रेलवेको जमिनमा इलाकाका धेरैजसो मानिसहरूले घरहरू बनाइरहेका छन्। यसैले गर्दा आफूले पनि ब्याङ्कबाट ऋण लिएर घर निर्माण शुरू गरेको बताउँदै अब ब्याङ्कको ऋण कसरी फिर्ता गर्ने भन्नेबारे तिनले चिन्ता व्यक्त गरेका छन्। तिनले आफ्नो घर पुनर्निर्माण गरिदिने अथवा ब्याङ्कबाट लिएको ऋण फिर्ता गरिदिया जाओस् भन्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *