रम-रक्सी पिएर वाहन चलाउनेहरूविरुद्ध पुलिसको अभियान, 7 जना पक्राउ

बाघडुग्रा : बाघडुग्रा थाना पुलिसले सडक दुर्घटनाहरूमा रोक लगाउने उद्देश्य लिएर आज विशेष अभियान चलायो। आज बेङ्गडुबी संलग्न त्रिहाना चियाकमान  नजिक एमएम तराई रोडमा पुलिसले नाका चेकिङ अवधि रम-रक्सी पिएर वाहन चलाउनेहरूविरुद्ध कर्वाही शुरू गरेको छ। यस अवधि पुलिसले रम-रक्सी पिएर वाहन चलाएको आरोपमा मोठ 7 जनालाई पक्राउ गरेको छ। यसको साथै केही वाहनहरू जफत गरेको छ। स्मरण रहोस्, छुट्टीको दिनमा मानिसहरू आफ्ना साथी-भाइ आफन्तहरूसित प्रायःजसो घुम्न जाने गर्दछन्। यस अवधि केही मानिसहरूलाई रम-रक्सी पिएर वाहन चलाउने गरेकोले गर्दा दुर्घटनाको शिकार हुने गर्दछ। यस प्रकारको दुर्घटनाहरूलाई रोक्ने उद्देश्य लिएर बघडुग्रा थाना पुलिसले आज अभियान चलाएर बाइक, स्कुटी एवम् वाहनहरूलो रोकेर छानबीन गरे। यस अवधि नियमहरूको अवहेलना गर्नेहरूविरुद्ध कार्वाही पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *