सड़क दुर्घटनामा दुईजना श्रमिकको मृत्यु

मालदा : मालदाको घोड़ापीर नजिक सड़क दुर्घटनामा गत अबेर राति दुईजना श्रमिकको मृत्यु भएको छ। मृतक श्रमिकहरू इङ्ग्लिशबजारको कुलीपाड़ा निवासी 52 वर्षीय रामविलास महतो र 46 वर्षीय कृष्ण मण्डल सामेल छन्। प्राप्त जानकारीअनुसार गत राति लगभग 12 बजी ती दुई साइकलमा सवार भएर घर फर्किरहेको समय घोड़ापीर नजिक एउटा पिकअप भ्यानले धक्का दिँदा ती दुई गम्भीर घाइते भए। आशंकाजनक अवस्थामा तिनीहरूलाई मालदा मेडिकल कलेज एवम् अस्पतालमा पुर्‍याएपछि त्यहाँका डाक्टरले कृष्ण मण्डलको सोचनीय अवस्था देखेर तिनलाई कोलकाता रेफर गरेकोले बाटोमा लैजादै गर्दा तिनको मृत्यु भएको बताइएको छ। यसैगरी, उपचाराधीन अवस्थामा आज बिहान रामविलास महतोको पनि निधन भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *