सडक दुर्घटनामा स्कुटीमा सवार दुईजनाको मृत्यु

बानरहाट : बानरहाटस्थित राजमार्गमा भर्खरै भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार राष्ट्रिय राजमार्ग 31-मा आज साँझ स्कुटी अनि ट्रक आपस्तमा ठोक्किँदा स्कुटीमा सवार 19 वर्षीय राहुल कामी र 15 वर्षीय बिनिता छेत्रीको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा मर्ने युवक बानरहाट थानाको अप्पर केला बारी बस्ती निवासी हुन्।  


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.