सडक दुर्घटनामा युवकको मृत्युपछि स्थानीयद्वारा पथ अवरोध

धुपगुडी : बाइकमा सवार भएर गइरहेको समय निर्माणाधीन लाइट पोस्टको खम्भामा ठोक्किएर धुपगुड़ी-नाथुआ राज्य सडकमा गत राति 22 वर्षीय बिक्की पालको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार बिहिबार अबेर राति अँध्यारोको कारण बिकी पालले लाइट पोस्ट नदेखेपछि बाइक पोलमा ठोक्किँदा तिनी गम्भीर रूपमा घाइते भएकोले तत्कालै अस्पताल लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनाको प्रतिवादमा आज बिहान स्थानीय मानिसहरूले धुपगुड़ी-नाथुआ राज्य सड़क अवरोध गरेर विरोध प्रदर्शनी गरे। गत डेढ़ वर्षदेखि यस सड़कलाई चौडा गर्ने काम चलिरहेकोले गर्दा यातायात गर्ने मानिसहरूलाई धेरै समस्या भइरहेको आरोप रहेको छ। पथ अवरोधको खबर पाएपछि धुपगुड़ी पुलिस घटनास्थलमा पुगेपछि मानिसहरूले पुलिसलाई नै घेराउ गरेर प्रदर्शनी शुरू गरे। तथापि, पुलिसले उचित आश्वासन दिएपछि पथ अवरोध हटाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *