सड़क दुर्घटनामा दुईजना पुलिसकर्मीको मृत्यु

इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको कानकी 31 नम्बर राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा पुलिसको एएसआई र एकजना सिभिक भोलेन्टियरको मृत्यु भएको छ। मृतकहरू दुवै इस्लामपुर थानामा कार्यरत क्रमैले सफिउल इस्लाम र कामरूल हकको रूपमा चिन्हित भएको छ। प्राप्त जानकारीअनुसार एएसआई सफिउल इस्लाम र कामरूल हक एउटा वाहनमा सवार भएर ड्युटी गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा लरीले धक्का दिँदा कामरूल हकको घटनास्थलमै मृत्यु भएको बताइएको छ। गम्भीर घाइते एएसआई सफिउल इस्लामलाई स्थानीय मानिसहरूको सहयोगमा इस्लामपुर अस्पतालमा लगेपछि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै लरीलाई आफ्नो नियन्त्रणमा लिएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.