सलोन कार्थकलाई साहित्य अकादमी पुरस्कार प्रदान गरिने

सिलगढी  :  साहित्य अकादमी पुरस्कार-2019 कालेबुङ निवासी वरिष्ठ स्रष्टा सलोन कार्थकलाई प्रदान गरिने भएको छ। साहित्य अकादमी नयाँ दिल्लीबाट  जारी गरेको प्रेस विज्ञप्तिमार्फत नियात्राकार सलोन कार्थकलाई तिनको नियात्रा संग्रह “विश्व एउटा पल्लो गाउँ”(2013)को लागि साहित्य अकादमी पुरस्कार 2019 प्रदान गरिने घोषणा गरिएको छ। नियात्राकार सलोन कार्थकलाई उक्त पुरस्कार आगामी 25 फरवरी 2020को दिन नयाँ दिल्लीमा हुने साहित्य अकादमीको एउटा साहित्यिक कार्यक्रमबीच प्रदान गरिनेछ। यसपालीको जुरीमा क्रमैले इन्द्रबहादुर गुरुङ, डा. शान्ति थापा र डा. कृष्णराज घतानी रहेका छन्। साहित्य अकादमी पुरस्कारमा 1 लाख रुपियाँ नगद राशिसहित चाँदीको पदक पनि प्रदान गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *