समाज सेवी बिक्रम राईद्वारा अर्जुन शर्मा (निरौला)-लाई व्हिलचेयर प्रदान

सिटोङ : सिटोङ 1 घलेटार निवासी समाजसेवी बिक्रम राईले साहित्यकार अर्जुन शर्मा निरौलालाई व्हिलचेयर प्रदान गरे। गत 29 अक्टोबरमा इजा प्रकाशन दार्जिलिङका संयोजक मन्जुला तामाङले साहित्यकार अर्जुन शर्मा निरौलालाई  एउटा व्हिलचेयरको आवश्यकता रहेको आग्रह गरेपछि समाजसेवी विक्रम राई सिलगढीको फाराबारी नेपाली बस्ती बराल बघैँचामा पुगेर अर्जुन निरौला अनि तिनको श्रीमती सरोजासित भेटघाट गर्नको साथै एउटा व्हिलचेयर पनि प्रदान गरे। अर्जुन निरौलालाई  देखेपछि बिक्रम राई भावुक बन्दै आफुले भर्खरै किनेर लगाएको सेतो ज्याकेट अनि स्मार्ट वाचसम्म पनि दिव्याङ्ग अर्जुन शर्मा निरौलालाई प्रदान गरेको बताइएको छ। उक्त सहयोगकोल अर्जुन निरौलाले बिक्रम राई अनि इजा प्रकाशनका संयोजक मन्जुला तामाङलाई आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *