साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेर क्यान्सर रोगीलाई प्रदान गरियो सहयोग राशि

सुकेपोखरी : पोख्रेबुङ एकता परिवार सेवा संस्थाको पहलमा पोख्रेबुङ ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने टर्जम चियाबारी निवासी क्यान्सर रोगी माइचाङ तामाङको उपचारको लागि आर्थिक सहयोग प्रदान गर्न साङ्गीतिक कार्यक्रमको आयोजना गरियो। यस अवसरमा संस्थाका अध्यक्ष दिपेन खालिङ, सचिव अमीर राई तथा अन्यले  पोख्रेबुङ बजारको पसल-पसल घुमेर पनि आर्थिक राशि सङ्ग्रह गरे। मानव सेवा नै माधव सेवा हो भन्ने सिद्धान्तलाई आत्मसात गर्दै आयोजना गरिएको यस शिविरमा सेवन रसाईली तथा सहयोगीले साङ्गीतिक प्रस्तुति दिएर सङ्ग्रह गरिएको सहयोग राशि 17 हजार 8 सय 11 रुपियाँ क्यान्सर रोगीका लोग्ने फुर्बा तामाङलाई प्रदान गरियो। फुर्बा तामाङ पेशाले सिकर्मी हुन् भने गत 15 महिनादेखि तिनकी स्वास्नी क्यान्सर रोगले ग्रसित छन्। पोख्रेबुङ एकता परिवारले आर्थिक सहयोग प्रदान गर्ने सबैप्रति आभार प्रकट गरे भने फुर्बा तामाङले एकता परिवारप्रति कृतज्ञ प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *