सिलगढी : देशमा हाल बस, ट्रेन लगायत अन्य वाहनहरूको चलाचल शुरू भएपछि धेरैजसो प्रवासी श्रमिकहरूलगायत अन्य मानिसहरू आ-आफ्नो राज्यमा फर्किने क्रम जारी छ। यसले गर्दा नै सहरमा कोरोना संक्रमितहरूको संख्या पनि बढदै गइरहेको छ। यसैक्रममा सिलगढी नगरनिगम अन्तर्गत जलपाईगढी जिल्लाको 14 वटा वार्डमा पनि कोरोना संक्रमितहरूको संख्या एकपछि अर्को गर्दै बढिरहेको छ। प्रशासनिक कारणहरूले गर्दा नै संक्रमणको संख्या बढिरहेको प्रशासक अशोक भट्टाचार्यले आरोप लगाए। तिनले उक्त वार्डहरूलाई लिएर चिन्ता व्यक्त गरेका छन्। प्रशासक अशोक भट्टाचार्यले आज पत्रकारहरूसँग कुराकानी गर्दै बस एवम् ट्रेनको यातायात शुरू भएपछि शहरमा बाहिरी मानिसहरूको प्रवेश बढ़िरहेको छ। नगरनिगम अन्तर्गत पर्ने दार्जिलिङ जिल्लाको वार्डहरूमा कोभिड 19-लाई लिएर विशेष केही सुरक्षा व्यवस्था गरे तापनि जलपाईगढी जिल्ला अन्तर्गत 14 वटा वार्डमा कुनै सुरक्षा व्यवस्था नगरेको प्रशासक भट्टाचार्यले बताए। यहाँ बाहिरबाट आएका मानिसहरूले सरकारी नियमहरू पालन नगरेर आवासीय इलाकाहरूमा घुमिरहेका साथै इलाकाका मानिसहरूसँग भेटघाट गरिरहेका छन्। यसैले यहाँ पीड़ितहरूको संख्या बढ़िरहेको तिनले बताए। यस समस्याको समाधान गर्नको लागि अशोक भट्टाचार्यले ती वार्डहरूको निवर्तमान पार्षदहरूसँग भोली एउटा बैठक गर्ने भएका छन्।
संयुक्त वार्डहरूलाई लिएर प्रशासक भट्टाचार्य चिन्तित, भोली बैठक गर्ने

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
