स्कुल-कलेजसहित शैक्षिक संस्थान खोलिनु पर्ने माग गर्दै सिलगढीमा एआईएसओ-द्वारा विक्षोभ साथै सड़क अवरोध

सिलगढी: कोरोनाको कारण स्कूल-कलेज लगायत सबै शैक्षिक संस्थानहरू हाल बन्द रहेकोले स्वास्थ्य सम्बन्धी नियमहरूलाई पालन गरेर स्कूल, कलेज तथा शैक्षिक संस्थान खोल्ने साथै स्कूल-कलेजको फीस माफ गरिनु पर्ने माग अल इन्डिया डीएसओ दार्जिलिङ जिल्ला कमिटीले गरेको छ। उक्त मागलाई लिएर आज सिलगढीमा अल इन्डिया डीएसओ दार्जिलिङ जिल्ला कमिटीले सांकेतिक पथावरोध गरेर विरोध प्रदर्शन पनि गऱ्यो। आज तिनीहरूले मल्लागुढीदेखि खुदीरामको मूर्ति अघिसम्म एउटा ऱ्याली निकालेपछि जक्शन पुगेर तिनीहरूले साङ्केतिक सड़क अवरोध गरे। उक्त पथावरोधले सिलगढी शहरमा निक्कै जामको समस्या देखा पऱ्यो। यस अवसरमा अल इन्डिया डीएसओ दार्जिलिङ जिल्ला कमिटीका सचिव कल्लोल बागचीलेले बताए अनुसार माग चाँडै पूरा नभए राज्यभरिमैं संगठनको तर्फबाट बृहद आन्दोलन गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *