सेनामा भर्ना गरिदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने 2 जना पक्राउ

सिलगढी : भारतीय सेनामा भर्ना गरिदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने गरेको आरोपमा सुकना आर्मी इन्टेलिजेन्स विभागको टोलीले दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा दार्जिलिङ निवासी प्रभात गुरुङ अवकाशप्राप्त सेनाका जवान हुन् भने मोहम्मद फारुख खरसाङ निवासी हुन्। सेना सूत्रले दिएको जानकारी अनुसार यी दुईजना व्यक्तिले गत एक वर्षदेखि सेनाको एमईएस-मा भर्ना गरिदिने प्रलोभन देखाएर धेरैजना युवाहरूबाट लाखौँ रुपियाँ ठगेको बताइएको छ। तिनीहरूले सेनाको एमईएस-मा भर्ना गरिदिने प्रलोभन देखाएर प्रत्येक व्यक्तिबाट 3-4 रुपियाँ मागेर नकली अपोइन्टमेन्ट लेटर दिने गरेको अभियोग रहेको छ। सुकना आर्मी इन्टेलिजेन्स विभागले प्रभात गुरुङ र मोहम्मद फारुखलाई  गत 27 फरवरीको दिन सुकना आर्मी क्याम्पमा एकजना युवकबाट रुपियाँ लिन आएको समयमा आर्मी इन्टेलिजेन्स विभागको टोलीले तिनीहरूलाई पक्राउ गर्न सफल भएको बताइएको छ। पुलिसले तिनीहरूले 14 वटा जाली अपोइन्टमेन्ट लेटर, 2 वटा सरकारी स्टाम्प, 4 वटा फोन, 12 हजार नगद राशि, दुईवटा क्रेडिट कार्ड, 8 वटा ब्याङ्क अकाउन्ट उद्धार गरेको छ। पक्रा परेका आरोपीहरूलाई सुकना पुलिस हिरासतमा सोधखोज गर्दा आफूहरूले ठगीको काम गरेको कुरा स्वीकारेको सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *