कालेबुङ : सेभोक-रम्फू रेल परियोजनाको निर्माण कार्यमाथि कोलकाता उच्च न्यायालयले तीन हप्ताको लागि निर्माण कार्यमा रोक लगाएको छ। प्राप्त जानकारीअनुसार वन अधिकार कानुन 2006-लाई उल्लङ्घन गरेर जबरजस्ती उक्त सेभोक-रम्फू रेल परियोजनाको निर्माण कार्य गरिरहेको आरोप लगाउँदै गत 18 फरवरीको दिन चारवटा ग्राम सभाले कोलकाता उच्च न्यायालयमा याचिका दर्ता गरेको थियो। उक्त याचिकाको आज जलपाईगढी सर्केट बेञ्चमा भएको सुनवाई अवधि उक्त घोषणा गरिएको साथै दुवै पक्षलाई तीन हप्ताको अवधिमा एफिडेभिट बुझाउने निर्देश पनि दिएको छ। दर्ता गरेको याचिकामा दार्जिलिङ र कालेबुङ जिल्लाका वनबस्तीहरूमा वन अधिकार कानुन 2006 लागू गरेपछि मात्र यी क्षेत्रहरूमा विकासको कार्य गरिनुपर्ने माग गरिएको थियो। उक्त परियोजनाको निर्माण कार्यले धेरैवटा गाउँ वनबस्तीलाई प्रभाव पारेको आरोप लगाउँदै ती वनबस्तीहरूमा वन अधिकार कानुन लागू गरेर राजस्व भूमिमा परिणत नगरेको साथै परियोजना निर्माणको लागि कानुनअनुसार ग्राम सभाबाट एनओसी समेत नलिएको वनबस्तीमा बसोबासो गर्दै आइरहेका पीडितहरूको भनाइ रहेको छ। अर्कोतिर, अदालतले तीन हप्ताको लागि निर्माण कार्यमा रोक लगाएकोमा हिमालयन फरेस्ट भिलेज अर्गनाइजेसनका सचिव लीला कुमार गुरूङले न्यायालयको उक्त आदेशलाई स्वागत जनाएको छ। तिनले बताएअनुसार आफूहरू विकास कार्यको विरोधमा नरहेको तर विकास कार्य गरिँदा वन अधिकार कानुन 2006-ले वनबस्तीवासीहरूलाई दिएको अधिकार र सुरक्षा हुनुपर्छ भन्ने माग आफूहरूको रहेको बताए। तर रेलवे निर्माण कार्य गरिँदा उक्त कुरोलाई ध्यान नदिएको तिनले दावी गरेका छन्।
सेभोक-रम्फू रेल परियोजनाको निर्माण कार्यमाथि लगाइयो रोक

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
