श्रमिकहरूलाई कोरोना भ्याक्सिनको व्यवस्था गरिनुपर्ने माग गर्दै सिटु-द्वारा ज्ञापन

सिलगढी : श्रमिकहरूले हालसम्म कोरोनाको भ्याक्सिन लगाउन पाएका छैनन्। व्यवसायी समितिको तर्फबाट टीकाकरण शिविरको आयोजना गरे तापनि शिविरमा केवल व्यवसायीहरूले मात्र कोरोनाको खोप लगाइरहेका छन्। यसैले आज सिटुद्वारा निर्माण, परिवहन लगायत विविध कार्यसित संलग्न रहेका श्रमिकहरूलाई चाँडै टीकाकरणको व्यवस्था गरिनुपर्ने जिल्ला मुख्य स्वास्थ्य अधिकारीसमक्ष माग गरेको छ। सिटुको तर्फबाट आज महकुमा परिषद्‌मा जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. प्रलय आचार्यसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। सिटु नेता समन पाठकले बताएअनुसार विभिन्न कामसित संलग्न रहेका धेरैजसो श्रमिकहरूले हालसम्म कोरोनाको खोप लगाउन पाएका छैनन्। यसैले तिनीहरूलाई चाँडै टीकाकरणको व्यवस्था गरिनुपर्ने साथै श्रमिकहरूको लागि अलग्गै टीकाकरण शिविरको व्यवस्था गरिनुपर्ने माग गर्दै आज जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. प्रलय आचार्यसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको तिनले बताए। अर्कोतिर, मुख्य स्वास्थ्य अधिकारीले यसबारे विचार विमर्श गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *