सिलगढी, 10 मार्च: डामराग्रामको आवसीय इलाकामा अचानक पानी नभएको कुवामा एउटा चितुवा पस्यो। जसलाई हेर्नका लागि मानिसहरूको भीड लागेको थियो। जानकारी अनुसार डामराग्राम इलाकामा चितुवाको आतङ्कले मानिसहरू आतङ्कित छन्। हिजो राति पनि इलाकामा एउटा चितुवा प्रवेश गर्यो अनि मानिसहरूको घरमा पस्ने प्रयास गर्यो। डरले मानिसहरू आ-आफ्ना घरहरू बन्द गरेर बसे। त्यसपछि अचानक त्यो चितुवा एउटा कुवामा पस्यो। घटनाको जानकारी वन विभागलाई दिइयो। खबर पाएपछि आज बिहान सुकना वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगे। त्यसपछि उनीहरूले चितुवालाई सुरक्षित रूपमा बाहिर निकाले। प्रारम्भिक उपचार पछि चितुवालाई जङ्गलमा छोडिने भएको छ।