शिक्षक दिवसको अवसरमा 16 नम्बर वार्ड तृणमूल युवा कांग्रेसद्वारा कोरोना योद्धाहरूलाई सम्मान

सिलगढी : सिलगढी नगरनिगमको 16 नम्बर वार्ड तृणमूल युवा कांग्रेसको तर्फबाट आज शिक्षक दिवस पालन गरियो। सिलगढी नगरनिगमको 16 नम्बर वार्ड तृणमूल युवा कांग्रेसका नेतृत्वहरूले डा. राधाकृष्णनको तस्विरमा फुलमाला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गर्यो। यस अवसरमा तृणमूल युवा कांग्रेसको तर्फबाट शिक्षक-शिक्षिका लगायत कोरोना महामारीको समय आफ्नो ज्यान जोखिममा हालेर निरन्तर सेवा प्रदान गरिरहेका सफाई कर्मी, पुलिस तथा पत्रकारहरूलाई सम्मान जनाइयो। यस अवसरमा सिलगढी पुलिस कमिश्नरेटका एसीपी ईस्ट 1 स्वपन सरकार, सिलगढी थानाका आईसी सुदीप चक्रवर्ती, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार लगायत शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *