सिक्किम नामथाङमा राज्य स्तरीय सोनाम ल्होछार पर्व पालन

नाम्ची : सिक्किमका मुख्यमन्त्री पीएस गोले आज नाम्ची नामथाङको केताङ जन मैदानमा आयोजित राज्य स्तरीय सोनाम ल्होछार कार्यक्रममा उपस्थित थिए। यस अवसरमा तिनकी धर्मपत्नी श्रीमती शारदा गोले, क्षेत्रीय विधायक तथा मन्त्री सञ्जीत खरेललगायत राजनैतिक सचिव जेकब खालिङ तथा अन्य क्याबिनेट मन्त्रीगण अनि विभागीय पदाधिकारीहरू उपस्थित थिए। यस अवसरमा तिनले नवनिर्माण गरिएको ब्लक एडमिनिस्ट्रेटिभ सेन्टरको पनि विधिवत् रूपमा उद्घाटन गरे।


उक्त नवनिर्मित सेन्टरमा आवश्यक सबै सुविधाहरू उपलब्ध रहेको छ भने क्यान्टिन, जीमहरू पनि कर्मचारीहरूको लागि व्यवस्था गरिएको छ। यस अवसरमा आफ्नो सम्बोधन मुख्यमन्त्री गोलेले उपस्थित सबैजनालाई सोनाम ल्होछारको हार्दिक शुभकामना दिए। यसको साथै आज उद्घाटन गरिएको यस भवनको निर्माणले स्थानीय मानिसहरूलाई धेरै सहयोग पुग्ने तिनले बताए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *