सिलगढी, 1 फरवरी (निसं): टोटो चालकलाई लुटपाट गरेको घटनामा एनजेपी पुलिसले दुई जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकहरूको पहिचान अमरदीप सोनी र मोहम्मद अली राजाको रूपमा गरिएको छ। दुवै युवक एनजेपी क्षेत्रका निवासी हुन्।
जानकारी अनुसार, जोटियाकालीका टोटो चालक सरीफुल हुसैन बिहीबार राति एनजेपीमा यात्रुहरूलाई छोडेर घर फर्किरहेका थिए। एनजेपी आउटपोस्ट पुलिस थानाबाट केही दूरीमा रहेको डीएस कोलोनी क्षेत्रमा पुगेपछि स्कुटीमा सवार दुई जना युवाहरूले सरीफुललाई रोकेर तिनलाई कुटपिट गरे। यसपछि एनजेपी नेताजी मोडमा लगेर दुई हजार रुपियाँ र मोबाइल फोन लुटेर चम्पट कसेका थिए।
त्यसपछि, टोटो चालक सरीफुलले शुक्रबार एनजेपी पुलिस थानामा लिखित अभियोग दर्ता गरेका थिए। यसपछि पुलिसले अभियोगको आधारमा जाँच गर्दै शुक्रबार राति रेलवे अस्पताल मोडबाट ती छिनताई गर्ने युवकहरूलाई पक्राउ गरेको छ। तिनीहरूबाट रूपियाँ पनि उद्धार गरेको छ, तथापि चोरी भएको मोबाइल फोन फिर्ता पाएको छैन। पुलिस सूत्र अनुसार, यी दुई आरोपीहरू दागी अपराधी हुन्। पक्रा परेका युवाहरूलाई आज शनिबार जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले यस घटनाको जाँच गरिरहेको छ।