सिलगढी अग्निकाण्ड स्थलको मन्त्री गौतम देवले गरे परिभ्रमण

सिलगढी : सिलगढीको चम्पासरीमा भएको अग्निकाण्ड स्थलको राज्यका पर्यटन मन्त्री गौतम देवले आज परिभ्रमण गरे। तिनले आज अग्निकाण्डका पीडित व्यवसायीहरूसँग कुराकानी गर्नको साथै सरकारको तर्फबाट सहयोग गर्ने आश्वासन पनि दिए। स्मरण रहोस्, गत शनिबार राति चम्पासरीको स्टेट गेस्ट हाउसनजिक राष्ट्रिय सडक छेउको 8 वटा कुखुरा दोकानहरूमा आगो लाग्दा लाखौँ रुपियाँको क्षति भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *