सिलगढी भाजपा कार्यकर्ता र पुलिसमाझ हातापाई, युवा मोर्चा अध्यक्ष कञ्चन देवनाथ अस्पतालमा भर्ना

सिलगढी : भाजपा सांसद सौमित्र  खां-लाई पक्राउ गरेको प्रतिवादमा राज्यभरिमै भाजपाको तर्फबाट आज विरोध प्रदर्शन गरियो। यसै क्रममा यता भाजपा सिलगढी सांगठनिक जिल्ला कार्यालय अघिबाट युवा मोर्चाले विरोध प्रदर्शन गर्यो। भाजपा युवा मोर्चाको तर्फबाट भाजपा सांसद सौमित्र खां-लाई पक्राउ गरेको साथै सिलगढी कलेजका प्राध्यापकको भाइरल अडियोलाई लिएर यहाँको भेनस मोड़मा विरोध प्रदर्शन गरियो। उक्त विरोध प्रदर्शनको लागि पुलिसले अनुमति नदिएकोले भाजपा समर्थकहरूलाई पुलिसले रोक्ने प्रयास गर्दा कार्यकर्तासित पुलिसको हातापाई भयो। लगभग  30 मिनटसम्म भएको हातापाईपछि पुलिसले भाजपाका लगभग 40 जना कार्यकर्ताहरूलाई हिरासतमा लिएको छ। यस हातापाई अवधि भाजपा युवा अध्यक्ष कञ्चन देवनाथ घाइते भएपछि तिनलाई उपचारको निम्ति एउटा नीजि नर्सिङहोममा भर्ना गरिएको छ। हाल तिनको अवस्था गम्भीर रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet giriş