सिलगढी विधान मार्केटका व्यापारीहरूलाई आर्थिक क्षतिपूर्ति स्वरूप चेक प्रदान

सिलगढी, 1 अक्टोबर (निसं): मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणापछि आज मङ्गलबार सिलगढी विधान मार्केटका व्यापारीहरूलाई आर्थिक क्षतिपूर्ति स्वरूप चेक वितरण गरियो। मङ्गलबार सिलगढी नगर निगममा राज्य सरकारको तर्फबाट व्यापारीहरूको हातमा उक्त चेक दिए।
9 जना व्यापारीलाई 1 लाख रुपियाँ र 14 जना व्यापारीलाई 50 हजार रुपियाँ क्षतिपूर्ति दिइयो। दुईदिने भ्रमणमा सिलगढी आइपुगेका राज्यको मुख्यमन्त्रीले गत आइतबार उत्तर कन्यामा प्रशासनिक बैठक अवधि विधान मार्केटमा आगलागी हुँदा दोकान जलेर आर्थिक क्षति भएका व्यापारीहरूको लागि राज्य सरकारको तर्फबाट क्षतिपूर्ति दिने घोषणा गरेका थिए। यसको साथै मुख्यमन्त्रीले सिलगढी नगर निगमलाई दोकानहरू निर्माण गर्ने निर्देशन पनि दिएका छन्। स्मरण रहोस, हालै सिलगढी विधान मार्केटमा आगलागी हुँदा धेरै वटा दोकानहरू जल्नको साथै आगो लागेर सर-सामानहरू डढेपछि व्यापारीहरूको करोडौ रूपियाँको नोक्सानी भएको थियो।
मङ्गलबार चेक वितरणपछि व्यापारीहरूसित बैठकमा बसेका मेयर गौतम देवले भने, पुजाको अगाडी केही पसल निर्माण गरिने विषयमा छलफल भएको छ। यसको साथै मेयरले राहत कोषबाट पनि क्षतिपूर्ति दिने कुराको जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel giriş