सिलगढी बोइज हाई स्कूलको पुनर्मिलन उत्सवको अवसरमा शोभायात्रा

सिलगढी (निसं): सिलगढी बोइज हाई स्कूलको पुनर्मिलन उत्सवको उपलक्ष्यमा स्कूलका भूतपूर्व अनि वर्तमान विद्यार्थीहरूलाई लिएर एउटा रंगारंग शोभायात्रा निकालिइयो। आज बिहान यो शोभायात्रा स्कूल परिसरबाट शुरू भएपछि सिलगढी शहरको हिलकार्ट रोड, सेभोक रोडको परिक्रमा गरेपछि अन्तमा स्कूल प्रागणमा पुगेर समापन भयो। स्कूलका पूर्व विद्यार्थी तथा सिलगढीका मेयर गौतम देव पनि उक्त शोभायात्रामा प्रमुख रूपमा उपस्थित थिए। उक्त पुनर्मिलन उत्सवको अवसरमा शोभायात्रा सहित अन्य विविध रंगारंग कार्यक्रमहरूको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *