सिलगढी कलेजमा गणतन्त्र दिवस पालन

सिलगढी : सिलगढी महकुमा परिषदको तर्फबाट यहाँको कलेज मैदानमा 71औँ गणतन्त्र दिवस आज विभिन्न रङ्गारङ्ग कार्यक्रमको साथमा पालन गरियो। कार्यक्रमको आरम्भमा सिलगढीका एसडीओ सुमन्त सहायले राष्ट्रिय झण्डा उत्तोलन गरे।


रेडक्रस अनि एनसीसी क्याडेडहरूले खुबै आकर्षक ढङ्गमा मार्च पास गरे भने एसडीओले सलामी ग्रहण गरे। यसपछि विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरियो। कार्यक्रममा विभिन्न स्कुलका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *