सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा जामको समस्या

राजगञ्ज: सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा ट्राफिक जामको समस्याले प्रत्येक दिन यस मार्ग भएर चलाचल गर्ने मानिसहरू तथा वाहनका चालकहरूलाई धेरै समस्या भइरहेको देखिन्छ। प्रत्येक दिन नै सिलगढी जलपाईगढी फोर लेन राजमार्गमा जामको अधिक समस्या हुने भएकोले गर्दा ट्राफिक पुलिसको भूमिकालाई लिएर मानिसहरूले प्रश्न उठाउनको साथै क्षुब्ध बन्न पुगेका छन्। यात्रीहरूको भनाइअनुसार प्रत्येक दिन नै जामको समस्याले गर्दा घण्टौँसम्म जाममा फँसिनु पर्दछ। एकतर्फ सडक निर्माण कार्य भइरहेको अनि अर्कोतर्फ वाहन चालकहरूको लापर्वाहीको कारणले गर्दा उक्त समस्या देखा परेको स्थानीय मानिसहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *