सिलगढी : सिलगढी जिल्ला अस्पताल अघिको फुटपाथ दखलमुक्त गर्न रोगी कल्याण समितिका चेयरम्यान गौतम देव तत्पर छन्। गत वर्ष कायाकल्प परियोजना र पर्यावरण अनुकूल श्रेणीमा राज्यको सबै अस्पतालहरूमध्ये सिलगढी जिल्ला अस्पतालले प्रथम स्थान ओगटेको थियो। सिलगढी जिल्ला अस्पतालमा आज रोगी कल्याण समितिको एउटा बैठक सम्पन्न भयो। यसबाहेक गौतम देवले अस्पतालमा विभिन्न परिसेवाहरूको पनि उद्घाटन गरे। यस अवधि आज अस्पताल परिसरको अवस्था देखेर तिनले क्षोभ प्रकट गरे। अस्पतालको प्रवेशद्वारमा फुटपाथ दखल गरेर पान दोकान, खानेकुरोको दोकान लगायत अवैध पार्किङ गर्ने गरेकोले गर्दा तिनले यस विषयमा कठोर पदक्षेप ग्रहण गर्ने बताए। सिलगढी जिल्ला अस्पतालमा आजदेखि बर्निङ वार्ड शुरू गरिएको छ। पुरुष सर्जिकल वार्डमा 3 वटा बेडको बर्निङ वार्ड अनि महिला सर्जिकल वार्डमा 2 वटा बेडको बर्निङ वार्ड लगायत एउटा मीटिङ हलको गौतम देवले आज उद्घाटन गरे। यसको साथै शिशु चिकित्सामा पनि केही परिवर्तन गरिएको छ। यसले गर्दा अब साधारण मानिसहरूलाई निक्कै सुविधा हुनेछ। यस अवसरमा गौतम देवले भने, अस्पताल अघि फुटपाथ दखल गरेर धेरैवटा दोकानहरू खोलिएको छ। अस्पतालमा आउने रोगीहरूलाई ध्यानमा राखेर ती दोकानहरू यहाँबाट हटाइनेछ। अस्पताल अघि यस प्रकारले फुटपाथ दखल गरेर दोकानहरू चलाउन पाइँदैन। यसभन्दा अघि पनि अवैध फुटपाथ दखलमुक्त गरेको थिए। पार्किङलाई लिएर पनि सिलगढी नगरनिगमको तर्फबाट पदक्षेप ग्रहण गरिने तिनले बताए।
सिलगढी जिल्ला अस्पताल अघिको फुटपाथ दखलमुक्त गरिनेछ : गौतम देव

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
