सिलगढी जर्नलिस्ट क्लबमा टीएमसी-को पत्रकार सम्मेलन

सिलगढी (निसं): लोकसभा चुनाउको ठीक अघि तृणमूल काङ्ग्रेसले आफ्नो शाखा संगठनलाई अझ मजबूत बनाउने प्रयास गरिरहेको छ। दार्जिलिङ अनि कालेबुङ जिल्लामा जय हिन्द वाहिनी-का नयाँ अध्यक्ष मनोनित गरेर कमिटी गठनको काम शुरू गरेको छ। दार्जिलिङ सांसदीय इलाकाको जय हिन्द वाहिनीको प्रभारी कमल गोयल अनि दार्जिलिङ जिल्ला महिला तृणमूल काङ्ग्रेस अध्यक्ष शान्ता छेत्रीले आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलन गऱ्यो। यस अवसरमा पूर्व सांसद तथा हिल तृणमूल नेत्री शान्ता छेत्रीले भनिन्, यो जय हिन्द वाहिनीको गठन 2014 मा भएको थियो। तर यसले पूर्ण रूपमा काम गरेको थिएन। अब जय हिन्द वाहिनीले मुख्यमन्त्री ममता ब्यानर्जीको कल्याणकारी कार्यहरू अनि परियोजनाहरूलाई पहाडका मानसहरू सामु व्यापक रूपमा प्रचार गर्नेछ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *