सिलगढीका प्रियङ्का प्रसाद ठगीको सिकार, 44 हजार एकाउन्टबाट चोरी

सिलगढी : सिलगढी निवासी एउटी गृहिणी ठगीको सिकार भएकी छन्। प्राप्त जानकारीअनुसार आज बिहान गृहिणी प्रियङ्का प्रसादलाई एकजना अज्ञात व्यक्तिले फोन गरेर तिनको नम्बर केही क्षणमै बन्द हुनेछ, यदि तपाईँले नम्बर बन्द गर्न चाहनु हुँदैन भने 11 रुपियाँको एउटा रिचार्ज गर्न लगाएको बताइएको छ। यसपछि प्रियङ्काले एटीएमको माध्यमद्वारा 11 रुपियाँको रिचार्ज गरेपछि उक्त व्यक्तिले क्वीक सपोर्ट नाम गरेको एउटा एप डाउनलोड गर्न लगाए। प्रियङ्काले उक्त एप डाउनलोड गरेपछि लगत्तै तिनको एकाउन्टबाट मोठ 44 हजार रुपियाँ चोरी भएको आरोप रहेको छ। प्रियङ्काले उक्त रुपियाँ फिर्ता मागे तापनि सो फिर्ता नपाएपछि तिनले सिलगढी साइबर क्राइम थानामा यसबारे एउटा लिखित अभियोग दर्ता गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *