सिलगढी : सिलगढीको 33 नम्बर वार्डमा भोलि 31 दिसम्बरदेखि वार्ड उत्सव ‘उन्मिलन’ शरू हुने भएको छ। रङ्गारङ्ग शोभायात्राको साथमा भोलि वार्ड उत्सव शुरू गरिनेछ भने उक्त वार्ड उत्सव आगामी 15 जनवरीसम्म चल्नेछ। सिलगढी नगरनिगमका मेयर तथा वार्ड काउन्सिलर गौतम देवले वार्ड उत्सवको उद्घाटन गर्नेछन्। 15 दिने उक्त वार्ड उत्सवमा सिलगढीका विशिष्ट चिकित्सकहरूद्वारा स्वास्थ्य जाँच शिविरको आयोजना गरिनेछ। यसको साथै कोलकाताको एउटा महिलाद्वारा सञ्चालित ब्यान्डले कार्यक्रम प्रस्तुत गर्नेछ। यसबाहेक अन्य विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। यस अवसरमा मेयर गौतम देवले भने, भोलि 31 दिसम्बरदेखि वार्ड उत्सव शुरू हुनेछ। वार्ड उत्सवको लागि रेलवेको मैदान उपयोग गर्नको लागि रेलवे अधिकारीहरूले लाखौँ रुपियाँको माग गरेका छन्। यसले गर्दा वार्ड उत्सवमा स्पोर्टसको आयोजना गर्ने विषयलाई लिएर आफूहरू असमञ्जसमा छौँ। रेलवेको यस प्रकारको असहयोगितालाई लिएर तिनले निन्दा गरे।
सिलगढीको 33 नम्बर वार्डमा भोलि शनिबारदेखि वार्ड उत्सव ‘उन्मिलन’ शुरू

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
