सिलगढीको 34 नम्बर वार्डको अवैध निर्माण भत्काइदियो नगरनिगमले

सिलगढी : सिलगढीको 34 नम्बर वार्डको बी ब्लकको एउटा तीनतले घरमा गरिएको अवैध निर्माण आज सिलगढी नगरनिगमले भत्काइदिएको छ। हाईकोर्टको निर्देशमा आज नगरनिगमले उक्त अवैध निर्माण भत्काइदिएको हो। यसबारे नगरनिगमको तर्फबाट धेरैपल्ट घर मालिकलाई नोटिस पठाइसकेको थियो। घर मालिकले उक्त अवैध निर्माण नभत्काएपछि जलपाईगढी कोर्टमा मामिला दर्ता गरिएको थियो। यसपछि हाईकोर्टले उक्त अवैध निर्माण भत्काउने निर्देश दिएपछि आज अदालतको निर्देश अनुसार एनजेपी थाना पुलिसको उपस्थितिमा नगरनिगमले उक्त अवैध निर्माण भत्काइदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO