सिलगढीको 43 नम्बर वार्डको साहनी बस्तीमा मानव कंकाल उद्धार

सिलगढी : सिलगढी नगरनिगमको 43 नम्बर वार्डस्थित साहनी बस्ती इलाकामा आज मानव कंकाल उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारीअनुसार उक्त इलाकाको एउटा घरमा सर सफाई गरिहेको समय एउटा प्लास्टिकको ब्याग देखेपछि उक्त ब्याग खोलेर हेर्दा त्यसमा मानव कंकालको अंश भेट्टाइएको बताइएको छ। यसपछि घटनबारे भक्ति नगर थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर उक्त मानव कंकाललाई आफ्नो नियन्त्रणमा लिएर जाँच शुरू गरेको छ। मजिस्ट्रेटको देखरेखमा जफत गरेको उक्त मानव कंकाल फोरेन्सिक जाँचको लागि पठाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *