सिलगढीको बंगाल सफारी पार्कमा साँप पक्रिने एकदिने प्रशिक्षण

सिलगढी: वर्षाको मौसममा साँपहरूको अधिक उत्पात देखा परेकोले सिलगढीको बंगाल सफारी पार्कमा आज एकदिने प्रशिक्षणको आयोजना गरियो। बंगाल सफारी पार्क प्रबन्धनको पहलमा सुकना स्क्वाड अनि जलपाइगढीको एउटा स्वयमसेवी संस्थाको सहयोगमा आज साँप पक्रिने प्रशिक्षण शिविर सम्पन्न गरियो। उक्त प्रशिक्षण शिविरमा बंगाल सफारी पार्कका कर्मचारीहरूलाई साँप पक्रिनेबारे प्रशिक्षण दिइयो।


यस विषयमा बंगाल सफारी पार्कका डीएफओ बादल देवनाथले बताए अनुसार वर्षाको मौसममा विभिन्न प्रजातिका साँपहरू जंगलबाट निक्लिइने भएकोले गर्दा जीव जन्तु साथै मानिसहरूमा डरको माहौल देखा पर्दछ। यसैले गर्दा बंगाल सफारी पार्कका कर्मचारीहरूलाई साँप पक्रिनको लागि प्रशिक्षण दिएको हो। आजको प्रशिक्षण अवधि रेन्जर सञ्जय रसाइली तथा सुकना स्क्वाडका अधिकारीहरू उपस्थित थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *