सिलगढी, 19 जून (निसं) : मयनागुडीपछि सिलगढीमा पनि रातिको अँध्यारोमा एटीएम लुटिएको छ। बुधबार राति सिलगढीको चम्पासारी मोड नजिकैको एउटा एटीएमबाट बदमाशहरूले लगभग 10 लाख 50 हजार रुपियाँ लुटेर भागेका छन्। यो घटना राति लगभग 2 देखि 2:30 बजेको समयमा भएको हो।
बदमाशहरूले एटीएम काउन्टरमा रहेका दुई वटा मसिनहरूलाई ग्यास कटरको प्रयोग गरेर काटे र ट्रेमा राखिएको नगद रकम लिएर भागेका छन्। उनीहरूले एटीएम काउन्टरको बाहिर र भित्र रहेका सीसीटीभी क्यामेरामा रङको स्प्रे गरेर फुटेज बिगार्ने प्रयास गरेका थिए। राति एटीएम-मा आगो समेत लागेको थियो। जानकारी पाएपछि प्रधाननगर थाना पुलिस र दमकलको गाडी घटनास्थलमा पुगेको थियो।
घटनाको क्रममा एउटा घरकी युवतीले विपरीत दिशाबाट आएको गाडीमा केही व्यक्तिहरू देखेकी थिइन्। उनले तत्कालै 100 नम्बरमा फोन गरेकी थिइन्, तर कल लागेन। त्यसपछि उनले आफ्ना पितालाई जानकारी दिइन् र एकजना पुलिस अधिकारीको मोबाइल नम्बरमा सम्पर्क गरेकी थिइन्। तर तबसम्म अपराधीहरू एटीएम लुटेर भागिसकेका थिए।
आज बिहान ब्याङ्क अधिकारीहरू घटनास्थलमा पुगेका थिए। उल्लेखनीय कुरा के छ भने, यो एटीएम लुट भएको ठाउँ प्रधाननगर थानाबाट लगभग 300 मिटरको दूरी मात्र छ। हाल पुलिसले चम्पासारी मोड र वरिपरिका क्षेत्रमा रहेका सीसीटीभी फुटेजहरू हेरेर जाँच सुरु गरेको छ।
स्मरण रहोस, केही दिनअघि मयनागुडीमा पनि यस्तै प्रकारको एटीएम लुटिएको थियो, जसमा भाग्ने प्रयास गरिरहेका केही अपराधीहरूलाई पक्राउ गरिएको थियो।
सिलगढीको चम्पासरीमा बदमाशहरूले लुटे एटीएम मशिन: लाखौं रुपियाँ लिएर कसे चम्पट
Share this story
More from Uncategorized
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
फूलबारी, 27 जून (निसं): फूलबारीमा गत राति भएको दुई भिन्न-भिन्नै सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। यी दुइवटै दुःखद दुर्घटना सिलगढी नजिक फूलबारी क्षेत्रको जियागञ्ज र बटालियन मोडमा शुक्रबार राति घटेका हुन्। पहिलो दुर्घटना जियागञ्ज नजिकको क्षेत्रमा राति लगभग 2:30 बजे भएको थियो, जहाँ एउटा ठूलो मालवाहक ट्रेलर र दूधको ट्याङकर आपस्तमा ठोक्किएका…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
