सिलगढीको हात्तीमोडमा नेताजीको जन्मजयन्ती पालन

सिलगढी : नेताजी सुभाष चन्द्र बोसको 123औँ जन्म जयन्ती सिलगढीको हात्तीमोडमा भव्य रूपमा पालन गरियो। राज्यका पर्यटन मन्त्री गौतम देवले नेताजीको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


यसको साथै तिनले नेताजीको आदर्श र योगदानबारे उपस्थित सबैलाई अवगत गराए। यस अवसरमा विभिन्न स्कुलका विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य एवम् गीतहरू प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *