सिलगढीको कञ्चनजङ्घा स्टेडियममा फुल उत्सव शुरू

सिलगढी : उत्तर-पूर्व भारतकै सबैभन्दा ठुलो फुल उत्सव सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आजदेखि शुरू भएको छ। राज्यका विभिन्न ठाउँहरूमा उमारिएको फुलहरूसँगै यसको खेती गर्ने मानिसहरूले यस फुल उत्सवमा अंश ग्रहण गरेका छन्। प्रत्येक वर्षहरूमा झैँ यसपल्टको कञ्चनजङ्घा फुल उत्सवमा पनि विशेष गरेर पहाड तथा समतलबाट ल्याइएको रङ्गी बिरङ्गी सुन्दर फुलहरूले कञ्चनजङ्घा स्टेडियममा खुबै रौनकता छाएको छ। 36औँ फुल उत्सवमा विभिन्न प्रजातिको लगभग 83 वटा फुलको स्टल लगाइएको छ।  उक्त फुल उत्सवको विधिवत् उद्घाटन आज राज्यका पर्यटन मन्त्री गौतम देव तथा उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले संयुक्त रूपमा गरे। यस अवसरमा बङ्गरत्न भारती घोष, सिलगढी हर्टिकल्चर सोसाइटीका अध्यक्ष नान्टु पाललगायत सोसाइटीका अन्य सदस्यहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *