सिलगढीको राधागोबिन्द मन्दिरबाट चोरी गरेको समानसहित दुईजना पक्राउ

सिलगढी : एनजेपी थाना अन्तर्गत सूर्यसेन कोलनीको राधागोबिन्द मन्दिरमा भएको चोरीको मामिलामा पुलिसले दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। तीमध्ये एकजना चोरीको समान किन्ने व्यक्ति हुन्। पक्रा परेकाहरू क्रमैले रूस्तम र चन्दन ग्वाला सामेल छन्। स्मरण रहोस्, गत 29 मईमा सूर्यसेन कोलनीको राधागोबिन्द मन्दिरमा चोरी भएको थियो।


घटनापछि जाँचमा जुटेका एनजेपी थाना पुलिसले एकजना आरोपीलाई पक्राउ गरेर सोधखोज गरेपछि चोरीको समान किनेको आरोपमा चन्दन ग्वाला नाम गरेको अन्य एकजना व्यक्तिलाई पक्राउ गरेको छ। उक्त व्यक्तिबाट पुलिसले चोरी गरेको समानहरू उद्धार गरेको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज जलपाईगढी अदलातमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *