सिलगढीमा 7 करोड रुपियाँको ब्राउन सुगरसहित 4 जना पक्राउ

सिलगढी : स्पेशल अपरेशन ग्रुप (एसओजी)-को टोली र आशिघर आउट पोस्ट पुलिसले संयुक्त अभियान चलाएर आज 3 किलो 500 ग्राम ब्राउन सुगरसहित 4 जनालाई व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले कमल शेख, मोनिरुल इस्लाम, समशुल आलम र मोहम्मद मेहरुल सामेल छन्। तिनीहरूमध्ये कमल शेख नदिया निवासी, मोनिरुल इस्लाम र  समशुल आलम दक्षिण 24 परगना निवासी अनि मोहम्मद मेहरुल सिलगढीको मतिगढा निवासी हुन्। एसओजी सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा आज दिउँसो कांकाटा मोड़मा आशिघर आउट पोस्टको सहयोगमा अभियान चलाएर चारजना संदिग्ध व्यक्तिलाई पक्राउ गरेर छानबीन गर्दा 3 किलो 500 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 7 करोड़ रुपियाँ रहेको साथै पक्रा परेका आरोपीहरूविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर कार्वाही शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *