सिलगढीमा अन्तरराज्य भलिबल प्रतियोगिता हुने

सिलगढी : हिमाचल संघको आयोजनामा आगामी 29 फरवरीदेखि 12औँ अन्तरराज्य भलिबल प्रतियोगिता शुरू गरिने भएको छ। विशेष गरेर उत्तरबङ्ग उत्सवको समय भलिबल प्रतियोगिता गरिने भए तापनि केही कारणवश यस वर्ष उक्त प्रतियोगिताको आयोजना गर्नमा विलम्ब भएको बताइएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर रञ्जन सरकारले हिमाचल संघ, सिलगढी महकुमा क्रीडा परिषद् एवम् 30 नम्बर वार्ड कमिटीको संयुक्त पहलमा भलिबल प्रतियोगिता गरिनेबारे जानकारी गराए। आगामी 1 मार्चसम्म चल्ने उक्त भलिबल प्रतियोगितामा 6 वटा क्लबले अंश ग्रहण गर्ने भएको छ भने विजयी टोलीहरूलाई 25 हजार, 15 हजार र 5 हजार रुपियाँ पुरस्कार पनि प्रदान गरिनेछ। उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा राज्यका पर्यटन मन्त्री गौतम देव मुख्य रूपमा उपस्थित रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *