सिलगढीमा एटीएम लुट्ने प्रयास

सिलगढी : सिलगढीको गोपालमोड इलाकामा आज केही दुष्कृतिहरूले एउटा गैर सरकारी ब्याङ्कको एटीएम लुट्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। ती दुष्कृतिहरूले उक्त एटीएम मशीनको डिस्पे खोल्न सफल भए तापनि त्यहाँ भएको रुपियाँ लैजान असफल भएको बताइएको छ। आज बिहान एकजना व्यक्तिले हातमा धारिलो हतियार लिएर उक्त एटीएमबाट बाहिर निस्केपछि त्यहाँबाट चम्पट कसेको स्थानीय मानिसहरूले बताए।


घटनाको खबर पाएर 30 नम्बर वार्ड काउन्सिलर स्वपन दास घटनास्थलमा पुगे। यसबारे पुलिसलाई खबर दिएपछि सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गरेपछि घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *