सिलगढीमा भएको आगलागीमा 9 वटा दोकान स्वाहा, मन्त्री देवले दिए क्षतिपूर्तिको आश्वासन

सिलगढी : सिलगढीको महावीरस्थानमा आगलागी हुँदा 9 वटा दोकानहरू जलेर स्वाहा भएको छ। उक्त घटना आज बिहानै लगभग 4 बजी घटेको हो। अग्निकाण्डमा किताब दोकानझाड़ु दोकान, सौदाको दोकानलगायत केही अन्य दोकानहरू जलेर खरानी भएको छ। घटनाको खबर पाएर अग्निशमन विभागको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासपछि आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। उक्त घटनाको जानकारी पाएपछि राज्यका पर्यटनमन्त्री गौतम देवले घटनास्थलको निरीक्षण गरे।


तिनले पीडित व्यवसायीहरूसित घटनाबारे जानकारी लिनको साथै क्षतिपूर्तिको आश्वासन पनि दिएका छन्। यस अवसरमा तिनले बताएअनुसार वर्तमान परिस्थितिमा व्यवसायीहरूले धेरै नोक्सान खप्न परिरहेको छ। तिनले शीघ्रै उच्च पदाधिकारीहरूसित कुराकानी गरेर क्षतिपूर्ति प्रदान गर्ने पनि बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *